Breaking News

बार एशोसियसनद्वारा बरिष्ठ अधिवक्ताहरूलाई सम्मान

काठमाण्डाै, ३० पुस । सर्वाेच्च अदालत बार एशोसियसनले वकिलबाट बरिष्ठ अधिवक्तामा बढुवा भएका १ सय ३१ जनालाई सम्मान गरेको छ ।

आईतबार सर्वाेच्च अदालत परिसरमा आयोजित विशेष कार्यक्रमका बीच सर्वाेच्च अदालत बारले बरिष्ठ अधिवक्ताहरूलाई सम्मान गर्दे बधाई तथा शुभकामना दिएको हो । नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० को दफा २१ बमोजिम अधिवक्ताहरूलाई बरिष्ठ अघिवक्ताको उपाधी प्रदान गर्ने गरिन्छ ।

बधाई तथा शुभकामना कार्यक्रममा बारका पदाधिकारी एवं बरिष्ठ अधिवक्ताहरूले न्यायसम्पादनको गुणस्तरलाई ध्यान दिंदै अघि बढ्न सुझाव दिएका थिए । त्यस्तै, उनीहरूले अदालतको गरिमा कायम राख्नका लागि आफ्नो आस्थालाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

साउन २५ गतेको निर्णय अनुसार बरिष्ठ अधिवक्तामा अपग्रेड हुनेहरूमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्रीदेखि अन्य दलका नेता समेत रहेका थिए ।

shares