सिन्धुलीमा चट्याङ लागेर दुई जनाको मृत्यु

काठमाण्डौ, २६ वैशाख । सिन्धुलीको कटारी नगरपालिका–११ मा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

कटारीस्थित गहुँबारीका ४६ वर्षीय भेषराज खत्री र ५५ वर्षीय बलबहादुर बस्नेतको मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेका बेला उनीहरूलाई चट्याङले लागेको हो ।

चट्याङ लागेर घाइते भएका ३३ वर्षीया कल्पना बस्नेतको उपचार मोरङको विराटनगरस्थित न्युरो अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।