Breaking News

जीप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ५ जनाकाे मृत्यु

संखुवासभा, ३० पुस । संखुवासभाकाे मकालु गाउँपालिका-२ मा अाइतबार भएकाे जीप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ५ जनाकाे ज्यान गएकाे छ ।

सदरमुकाम खाँदबारीबाट भाेटखाेलाकाे वरुण मेला भर्न जाने क्रममा बा५च १३०९ नम्बरकाे पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीकाे बगरमा झरेर दुर्घटनाग्रस्त भएकाे हाे ।

उक्त दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, मकालुमा बस्दै अाइरहेका हेदाङ्नाका सुरेश रार्इसहित ५ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक सन्ताेष खड्काले बताए ।

घटनामा मृत्यु हुने अन्य तीन जनाकाे सनाखत हुन बाँकी रहेकाे प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । जीपमा १२ जना यात्रुहरू सवार थिए । घटनाबारे विस्तृत विवरण अाउन बाँकी रहेकाे संखुवासभा प्रहरीले जनाएकाे छ ।

 

shares