Breaking News

राष्ट्रपति ट्रम्प “एकदमै स्वस्थ” रहेकाे चिकित्सककाे घाेषणा

वासिंगटन, ३० पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प “एकदमै स्वस्थ” रहेको ह्वाइट हाउसस्थित उनका चिकित्सकले बताएका छन् ।

शुक्रबार सेनाका डाक्टरहरूले गरेको ट्रम्पको स्वास्थ्य परीक्षण “निकै राम्रो ढङ्गले” सम्पन्न भएको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याक्सनले बताएका छन् ।  ७१ वर्षीय ट्रम्पले राष्ट्रपति भएपछि पहिलो पटक आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।

बिहिबार दर्जनाैं चिकित्सक एवम् स्वास्थ्यसम्बद्ध पेशाकर्मीहरूले डा. ज्याक्सनलार्इ पत्राचार गरी राष्ट्रपति ट्रम्पकाे मानसिक स्वास्थ्य परीक्षण गर्न सुझाव दिएका थिए । अर्को चरणको परीक्षण पनि ट्रम्पको शारीरिक स्वास्थ्यमै केन्द्रित हुने ह्वाइट हाउसले स्पष्ट पारेकाे छ तर उनकाे मानसिक स्वास्थ्य परीक्षणको योजनाबारे केही बताएकाे छैन ।

माइकल वूल्फको एउटा विवादास्पद पुस्तक प्रकाशनपछि ट्रम्पको मानसिक स्वास्थ्यबारे विभिन्न अड्कलबाजी सुरु भएकाे हाे । उनकाे ‘फायर एण्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस’मा दाबी गरिएको छ- ह्वाइट हाउसभित्रका ट्रम्पका सबै सहयोगीले उनलाई ‘बच्चाको रूपमा’ हेर्ने गरेका छन् जसलाई ‘तत्काल रिझाउनुपर्ने’ हुन्छ ।

तर अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले राष्ट्रपतिको मानसिक स्वास्थ्य खस्किँदै गएको भन्ने दाबीको खण्डन गरेका थिए ।

 

shares