August 24, 2017

बुद्धजयन्तीको पूर्व सन्ध्यामा लुम्बिनीमा तस्बिर प्रदर्शनी

नरेश के. सी. / काठमाण्डौ, २६ वैशाख बुद्धजयन्तीको पूर्व सन्ध्यामा लुम्बिनीस्थित थाई सूचना केन्द्रमा बुद्ध धर्मदर्शन सम्बन्धी तस्बिर प्रदर्शनी सम्पन्न भएको छ ।

वरिष्ठ पत्रकार चेतन पन्तले गरेको तस्विर प्रदर्शनी नेपालका लागि थाइ राजदूत भाकवत टान्सकुलले उद्घाटन गरे । राजदूत भाकवत टान्सकुलले उद्घाटन गर्दै पत्रकार पन्तको लुम्बिनी प्रतिको मोह र क्रियासीलता उल्लेखनीय भएको जनाए । उनले विश्व पर्यटनको केन्द्र लुम्बिनीको विकासको लागी थाइ सरकारबाट हुने सहयोग सधैं नै उल्लेखनीय रहने समेत बताए ।

प्रदर्शनीमा राजा महेन्द्र, अशोका पिल्लरका पहिलो खोजकर्ता खड्ग शमशेरदेखि लुम्बिनी र बौद्ध धर्म दर्शनसम्बन्धी महत्वपूर्ण एवं दुर्लभ तस्बिरहरु राखिएका थिए ।