August 19, 2017

कांग्रेसमा निर्वाचन सार्न नेतालाई कार्यकर्ताको दबाव

काठमाडौं ३ बैशाख । नेपाली कांग्रेसका नेताहरुले संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जुट्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । नेताहरुले मधेसी मोर्चालाई साथ नलिई निर्वाचनमा जाँदा मुलुकमा नयाँ द्वन्द्व सिर्जना हुने भएकाले संविधान संशोधन टुंगो लगाएर मात्र चुनावमा जुट्न आग्रह गरेका गरेका हुन् ।

स्थानीय चुनाव तयारी र प्रदेश २ को अवस्था बुझ्न कांग्रेस नेतृत्वले शनिबार केन्द्रीय सदस्य, सांसद् र जिल्ला सभापतिसँग गरेको छलफलमा मोर्चालाई सहमतिमा ल्याउन केही दिन निर्वाचन सार्न वा दुई चरणमा गर्न तयार हुनुपर्ने सुझाव दिइएको छ ।

यसमा सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका छन् । सरकारले वैशाख ३१ मा एकै चरणमा स्थानीय चुनाव मिति पहिले नै तोकिसकेको छ । यो खबर नागरिक दैनिकमा छ ।