Breaking News

अभिनेत्री विदिशा श्रीवास्तवकाे बाेल्ड फाेटाेशूट चर्चामा

मुम्बर्इ, २९ पुस । दक्षिण भारतीय अभिनेत्री विदिशा श्रीवास्तवले हालै बाेल्ड फाेटाेशूट गराएकी छिन् ।

उनले ती बाेल्ड तस्वीरहरूलार्इ सामाजिक संजालमा पाेष्ट गरेपछि चर्चामा तानिएकी हुन् । राताे सारीमा अाकर्षक देखिएकी विदिशाले केही फाेटाेहरू छाेटाे कपडामा पनि खिचाएकी छिन् ।

उनी गतवर्ष स्टार प्लसकाे लाेकप्रिय कार्यक्रम ‘ये है मोहब्बतें’मार्फत् डेब्यू गरेकी थिइन् । उक्त शाेमा राेशनीकाे भूमिकामा देखिएकी विदिशाले अादित्य भल्लालार्इ ब्ल्याकमेल गरी उनीसँग विवाह गर्छिन् । कार्यक्रममा गाउँले चरित्रमा देखिएपनि उनी वास्तविकतामा एकदम ग्ल्यामरस छिन् ।

१८ वर्ष नहुँदैदेखि माेडलिंग सुरु गरेकी विदिशाले सन् २००५ मा तेलुगु फिल्म ‘अभिमानी’मार्फत् फिल्म क्षेत्रमा डेब्यू गरेकी हुन् । दक्षिण भारतीय फिल्ममा सफल विदिशाले हालै गराएकी फाेटाेशूटका तस्वीरहरू यस्ता छन् :

 

shares