ऋतिककाे नायिका यामी गाैतमले गराइन् बिकिनी फाेटाेशूट

मुम्बर्इ, २९ पुस । हिन्दी चलचित्र ‘काबिल’ मा नायक ऋतिक राेशनसँग नायिकाकाे भूमिका निभाएकी अभिनेत्री यामी गाैतमकाे हालै बिकिनी फाेटाेशूट सार्वजनिक भएकाे छ ।

म्यागजिनकाे लागि गराएकी भनिएकाे उक्त फाेटाेशूटका तस्वीरहरू यामीले इंस्टाग्राममार्फत् शेयर गरेकी थिइन् । फाेटाेमा क्याप्सन लेख्दै उनले “सुत्नुभन्दा बढी सपना देख्ने गरेकाे” बताएकी छिन् ।

सन् २०१२ मा ‘विकी डोनर’बाट बलिउडमा डेब्यू गरेकी गाैतम अागामी चलचित्र ‘बत्ती गुल मीटर चालू’ मा देखिने भएकी छिन् । उनले थुप्रै चलचित्रहरूमा अभिनय गरिसकेकी भएपनि खासै सफलता भने पाउन सकेकी छैनन् ।