Breaking News

वहुप्राविधिक विश्विद्यालयको खाँचो

काठमाडौ २९ पुस । वन तथा भूसंरक्षण मन्त्रालयका सचिव युवकध्वज जिसीले नेपालमा वहुप्राविधिक विश्वविद्यालयको खाँचो रहेको बताएका छन ।

आज हिमालयन कलेज अफ एग्रीकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी (हिकास्ट) को १७ औ बार्षिक साधारण सभालाई सम्बोधन गनदै सचिव जिसीले कृषिमा क्षेत्रको विकास व्यवहारिक शिक्षाको कारणले हु्न नसकेको भन्दै विश्वविद्यालयले सैद्धान्तिक भन्दा व्यवहारिक शिक्षामा जोड दिनु पर्ने बताए ।

उनले कृषि नै मुलुकको विकासको मुख्य मेरुदण्ड भएको भन्दै कृषिमा विकास गर्नका लागि कृषि शिक्षाको आवश्कता भएको बताए । कार्यक्रममा नेपाल कृषि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक वैद्यनाथ महतोले नेपालमा भएका कृषिका दक्ष जनशक्ति बाहिर गएकोले यहाँको कृषिमा विकास हुन नसकेको बताए ।

उनले दक्ष जनशक्तिलाई यही नै स्वरोजगार बनाउन सके कृषिमा फड्को मार्न सकिने धारणा राखे  । कार्यकारी निर्देशक महतोले जलवायु परिवर्तन अनुसार वालीको विकास गर्न आवश्यकता रहेको भन्दै परम्परागत कृषि प्रणालीबाट माथि उठ्नुपर्ने बताए । कार्यक्रममा हिकाष्टका कार्यकारी अध्यक्ष विनायकप्रसाद राजभण्डारीले कलेजलाई विश्वविद्यालयको रुपमा रुपान्तरण गरिने जानकारी गराए ।

shares