पहिलो पटक ग्रेडिङमा कक्षा ११ को नतिजा सार्वजनिक

काठमाण्डौ, २९ पुस । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा पहिलो पटक ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलकाले विषय अनुसार ग्रेडमा नतिजा सार्वजनिक गरेको बताए । ९ वटा ग्रेडमा विद्यार्थीको मुल्याङन भएको छ । यस प्रणालीमा अधिकतम अंक ल्याउनेलाई ‘ए प्लस’ दिइन्छ भने यसलाइ जिपिएमा चार मानिन्छ ।

यस भन्दा प्रत्येक तल्लो ग्रेडमा जिपिए चारबाट जिरो दशमलव चार प्वाइन्टका दरले घटाउँदै अंक दिइने व्यवस्था छ । विद्यार्थीको विषयगत रुपमा ग्रेड छुट्टयाइए पनि एकमुष्ट नतिजामा ग्रेड दिइएको छैन । कक्षा बाह्रको परीक्षापछि मात्र विद्यार्थीको नतिजा एकीकृत रुपमा कुन ग्रेडमा उत्तीर्ण भयो भनेर छुट्टिनेछ ।

विद्यार्थीले कुनै एक विषयमा डी प्लस वा डि भन्दा कम ग्रेड ल्याएको रहेछ भने माघ २७ गते हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाउने सत्यालले बताइन् । उनका अनुसार परीक्षामा ७४ जना विद्यार्थीको नतिजा रद्द गरिएको छ भने एक जनाको स्थगित भएको छ।

गत असार पहिलो साता सम्पन्न भएको परीक्षामा तीन लाख ४७ हजार सात सय ४८ जना सहभागी थिए । परीक्षा सम्पन्न भएको सात महिनापछि नतिजा सार्वजनिक भएको हो । परीक्षा सकिएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै बोर्डको आलोचना हुँदै आएको छ ।