Breaking News

अब मुलुक बिकास र समृद्धिकाे बाटोमा माेडियाेः प्रचण्ड

काठमाण्डाै,२९ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मुलुकलाई बिकास र समृद्धि तथा समाजवादको बाटोमा लानुपर्ने बेला आएकाे बताएका छन् ।

नेपाल देशभक्त गणतान्त्रीक मञ्चले शनिबार काठमाडौमा गरेको सम्मान कार्यक्रममा उनले मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउने संकल्प रहेको बताएका हुन् । प्रचण्डले लामो समयको मेहनत र सघर्षबाट मुलुकमा राजनीति स्थायीत्वको आधार निर्माण भएको भन्दै अब मुलुक बिकास र समृद्धि बाटोमा माेडिएकाे बताए ।

संविधानमा उल्लेखित सामाजिक न्याय र मौलिक अधिकारकाे परिकल्पना स्थापीत गर्न निकै चूनौति रहेको उल्लेख गर्दे प्रचण्डले चूनौतिलाई ऐतिहासिक अवसरका रुपमा बदल्नुपर्ने धारणा राखे । कार्यक्रममा मुलुकको रुपान्तरका लागी विभिन्न क्षेत्रबाट योगदान पुराएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

shares