पार्टीभित्रका कमी कमजोरी सुधार गर्न खाचो छः प्रकाशमान सिंह

काठमाण्डाै,२९ पुस । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब पार्टीभित्र सुधारको खाचो रहेको बताएका छन् ।

ख्वप समाजले शनिबार काठमाडौमा गरेको अन्तक्रियामा उनले नेपाली का‌ंग्रेसलाई जनताको पार्टी बनाउनका लागी पार्टीभित्रैबाट सुधार गर्नुपर्ने बताएका हनु । नेता सिंहले पार्टीका केहि नेताको कमजोरीका कारण पार्टीको लोकप्रियता घटेको भन्दै अब सबैले आत्मसमिक्षा गर्ने बेला आएको धारणा राखे ।

उनले मुलुकको हरेक परिवर्तनमा नेपाली कांग्रेसको भूमिका अग्रणी स्थानमा रहेको भन्दै लोकतान्त्रीक गठबन्धनलाई जनताले विश्वास गर्ने बताए । राजनीतिक क्रान्तिको नेतृत्व गरेको कांग्रेसले आर्थिक क्रान्तिको नेतृत्व गर्ने भन्दै नेता सिंहले आफुहरुलाई बिश्वास गर्न आग्रह गरे ।

उनले छिटै कांग्रेसको विस्तृत बैठक बसेर निर्वाचनको परिणामको समिक्षाका साथै भावि कार्यदिशा तय गर्ने उल्लेख गरे । काठमाडौ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका नेता सिंहले जनताले बिश्वास गरेर आफुलाई निर्वाचित गराएको भन्दै जनउत्तरदायी भएर काम गर्ने बताए ।