Breaking News

सरकारसँग पाँच बुँदे सहमतिपछि डा. गोविन्द केसीले अनसन तोडे

काठमाण्डाै,२९ पुस । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका छन् ।

सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले शनिबार बिहान अनशन तोडेका हुन् । काठमाडौंमा जुत्ता सिलाउने काम गर्दै आएका सिराहा जिल्लाको लाहनका नथुनिया मोचीको हातबाट जुस पिएर डा.केसीले अनशन तोडे । छैटौं दिनमा अनशन तोडेका डाक्टर केसीले प्रधानन्यायाधीस गोपाल पराजुलीले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने स्पष्ट पारे ।

फागुन ८ गतेसम्म पराजुलीले राजीनामा नदिए पुन अनशन बस्ने उनले जानकारी दिए । न्यायालय न्याय बिक्री गर्ने ठाउँ हुन नहुने भन्दै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म न्याय हुन नसक्ने बताए ।

पदावधि रहुन्जेल अब डा‍. जगदीशप्रसाद अग्रवाल नै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन रहने भन्दै डा‍. केसीले चार दिनका लागि माफिया र भ्रष्टलाई डिन बनाइएको उल्लेख गर्नुभयो । उनले आफ्नो आन्दोलन शिक्षा र स्वास्थय क्षेत्रलाई माफियाबाट मुक्त पार्नका लागि रहेकाले सबै क्षेत्रबाट सहयोग रहने समते विश्वास व्यक्त गरे ।

स्वास्थ्यमन्त्री दीपक बोहोरा र चिकित्सक केसीबीच बिहीबार ५ बुँदे सहमति भएको थियो । केसी र सरकारबीच सात दिनभित्र शिक्षा सेवा आयोगलाई पूर्णता दिने सहमति भएको छ । त्यस्तै जगदीशप्रसाद अग्रवाललाई चिकित्साशास्त्र अध्ययन संस्थानको डिन निरन्तरता दिने सहमति भएको छ ।

यस्तै बुँदा नम्बर ३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता ल्याउन र यसअघिका सम्झौताहरू कार्यान्ववयन गर्न यथाशीघ्र सिनेटको बैठक बोलाउने सहमति भएको छ ।

यसैगरी त्रिवि शिक्षण अस्पताल सुधारका लागि भौतिक पूर्वाधारको सुधार, अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा सुविधान विस्तारका लागि आवश्यक व्यवस्था गर्न नेपाल सरकार तयार भएको छ ।

यस्ताे छ सरकार र केसीबीच भएको सहमतिपत्र

shares