Breaking News

रिलिजअघि नै फिल्म ‘पद्मावत’माथि गुजरातमा प्रतिबन्ध

मुम्बर्इ, २९ पुस । सञ्जय लीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’माथि भारतको गुजरात प्रदेशमा प्रतिबन्ध लगाइएको छ ।
२५ जनवरीमा रिलिज गर्ने तयारीमा रहेकाे उक्त फिल्मलार्इ गुजरातका मुख्यमन्त्री विजय रूपाणीले गुजरात राज्यमा पूर्ण रूपमा प्रतिबन्ध लगाएका हुन् । सुरुमा ‘पद्मावती’ नामक सो फिल्म राजपुत समुदाय र करनी सेनाको विरोधपछि नाम परिवर्तन गरेर ‘पद्मावत’ राखिएको हाे
यसअघि सेन्सर बाेर्डले थुप्रै दृश्यहरू हटार्इ केही परिमार्जनसहित प्रदर्शनकाे अनुमति दिएकाे समाचार अाएकाे थियाे । तर गुजरातका मुख्यमन्त्री विजय रुपानीले आफ्नो राज्यमा सो फिल्म रिलिज नहुने घोषणा गरेका छन् । त्यसैगरी राजस्थान र हिमाञ्चल प्रदेशमा पनि फिल्मलार्इ प्रदर्शनमा राेक लगाइने भएकाे छ ।
करणी सेनाका प्रवक्ता विजेन्द्र सिंह कल्याणवतले सरकारले यस विषयमा विशेष ध्यान दिनुपर्ने बताए । उनी भन्छन्, जसले इतिहासलार्इ सुरक्षित राख्न सक्दैन, उसले देशलार्इ पनि सुरक्षित राख्न सक्दैन । उक्त फिल्म भारतकाे बेइज्जती भएकाे उनकाे तर्क छ ।
फिल्म ‘पद्मावत’मा रणवीर सिंह, दिपिका पादुकोण र शाहिद कपुर मुख्य भूमिकामा छन् ।

 

 

 

shares