शाहरुख खान क्रिष्टल अवार्डबाट सम्मानित हुँदै

मुम्बर्इ, २९ पुस । बलिउडका सुपरस्टार शाहरुख खानलार्इ विश्व अार्थिक मञ्चले क्रिष्टल अवार्डबाट सम्मानित गर्ने भएकाे छ ।

मेगास्टार खानलार्इ विश्व अार्थिक मञ्चकाे वार्षिक बैठककाे अवसरमा यही महिनाकाे अन्त्यमा उक्त सम्मान प्रदान गर्न लागेकाे हाे । खानसँगै हलिउड स्टार केट ब्ल्यान्चेट र महान् संगीतकार सर एल्टन जाेन पनि सम्मानित हुने भएका छन् ।

शाहरुख खानलार्इ भारतमा महिला एवं बालबालिकाकाे अधिकारकाे समर्थनकाे लागि याे सम्मान प्रदान गर्न लागिएकाे मञ्चले जनाएकाे छ । उक्त कुरा शाहरुखले ट्वीटमार्फत् पनि जानकारी गराएका छन् ।

यसअघि भारतबाट उक्त सम्मान पाउनेहरूमा अमिताभ बच्चन, मल्लिका साराभार्इ, ए.अार. रहमान, शबाना अज्मी, रवि शंकर र अम्जाद अली खान पर्दछन् ।