Breaking News

एमालेले राष्ट्रियसभा उम्मेदवारको लागि यस्ता तोक्यो मापदण्ड

काठमाण्डौ,२८ पुस । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचन लागि उम्मेदवारको मापदण्ड तोकेको छ ।

एमाले केन्द्रीय सचिवालयको ४९ औं बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेले स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएकालाई उमेदवार बनाउने मापदण्ड तय गरेको हाे ।

 यस्तै, भौगोलिक र सामाजिक सन्तुलनका आधारमा विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरूलाई विशेष प्राथमिकता दिने एमालेको निष्कर्ष छ । एमालेले प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइदिन भनेको छ ।

यसैगरी राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था गर्न एमालेले प्रदेश कमिटीलाई निर्देशनसमेत दिएको छ । सरकारले राष्ट्रियसभा निर्वाचन माघ २४ मा गर्ने घोषणा गरि सकेको छ ।

एमालेले मापदण्डकाे बारेमा प्रेस विज्ञप्तिमा यस्ताे उल्लेख गरेकाे छ ।

shares