Breaking News

अर्काे हप्तादेखि न्युज फिड परिवर्तन गर्दैछ फेसबुक

काठमाण्डाै, २८ पुस । फेसबुकले बिजनेस, ब्रान्ड र मिडियासँग सम्बन्धित पाेष्टलार्इ कम महत्व दिने गरी न्युज फिडकाे काम गर्ने तरिकामा फेरबदल गर्ने भएकाे छ ।

फेसबुककाे मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले परिवार तथा साथीहरूबीचकाे संवादलार्इ महत्व दिनेखालकाे सामग्रीलार्इ प्राथमिकता दिने उद्दश्यले उक्त परिवर्तन ल्याउन लागिएकाे बताएका हुन् ।

फेसबुक पेजमा हुने यस्ताे परिवर्तनले फेसबुकमार्फत् अाफ्नाे पाेष्ट धेरैभन्दा धेरै मानिससमक्ष पुर्याइरहेका संगठनकाे लाेकप्रियतामा कमी अाउन सक्ने कम्पनीले महसूस गरेकाे बताइएकाे छ ।

अागामी हप्ताबाट फेसबुकमा परिवर्तन देखिने जनाएकाे छ । जुकरबर्गले लेखेका छन्, “हामीले समुदायबाट सल्लाह, सुझाव पाएका छाैं कि व्यवासाय, ब्रान्ड एवम् मिडियासम्बद्ध सामग्रीहरूकाे भीडले व्यक्ति-व्यक्तिबीचकाे सम्बन्धलार्इ जाेड्नेखालकाे वैयक्तिक क्षणहरूलार्इ पाखा लगाइरहेकाे छ ।”

उनी र उनकाे टाेलीले फेसबुकले जनहितका लागि काम गराेस् भन्ने दायित्व बाेध गरेकाे पनि बताए । उनी फेसबुक सामाजिक अन्तर्क्रिया गर्ने साझा थलाे बनाेस् भन्ने चाहन्छन् । छलफल र अन्तर्क्रियालार्इ बढाउन मद्दत गर्ने प्रत्यक्ष भिडियाे कुराकानीलार्इ बढी महत्व दिने गरी फिडलार्इ सुधार गर्न लागिएकाे पनि फेसबुकले बताएकाे छ ।

जुकरबर्गले सन् २०१८ मा कसैलार्इ पनि नराम्राे नहाेस् भन्दै सबैले समयकाे हरेक क्षणलार्इ सकारात्मक तरिकाले प्रयाेग गर्न सकून् भन्ने अाफूले चाहेकाे बताए ।

shares