Breaking News

सरकारलार्इ नेविसंघले बुझायाे हस्ताक्षर सहितको ज्ञापन पत्र, माग पुरा नभए अनशन बस्ने चेतावनी

काठमाण्डाै,२८ पुस । नेपाल बिद्यार्थी संघले लामो समयदेखि बिद्यार्थीहरुले उठाईरहेका माग पुरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौ मार्फत प्रधानमन्त्री कार्यालयलाई हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउदै बिद्यार्थीहरुसंग सरकारले यसअघि गरेको सम्झौता कार्यान्वयनमा जोड दिएको हो । यसअघि प्रधानमन्त्री शेर वहादुर देउवालाई मागका बिषयमा ७२ घण्टे अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाए थियाे ।

अाफ्ना मागहरुकाे बेवास्तागरेका गरिएकाे भन्दै प्रशासन कार्यालय मार्फत हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाइएको नेविसंघका अध्यक्ष नैनसिंह महरले जानकारी दिए । उनले सबै बिद्यार्थीका साझा मागलार्इ सारकारले तत्काल पुरा नगरेकाे खण्डमा विभिन्न जिल्लामा दवाव मुलक र्यालीसंगै अनशन बस्ने सम्मकाे चेतावनी दिए ।

नेविसंघले स्वास्थ्यसम्बन्धी मौलिक हक अन्तर्गत रहने गरि सबै नियमित बिद्यार्थीहरुदाई निशुल्क स्वास्थ्यबिमा अविलम्व कार्यान्वयन गर्न माग गरेका छन् ।

त्यस्तै सबै नागरिकलाई रोजगारको ग्यारेन्टी गर्नुपर्ने र युवा बेरोजगार जनशक्तिलाई बेरोजगार भत्ताको व्यवस्था गर्न माग गरिएको अध्यक्ष महरले जानकारी दिए। त्यस्तै नेविसंघले मार्कसिट राखेर बिनाधितो ऋण दिनुपर्ने , सबै स्थानीय तहमा एक सरकारी प्राविधीक शिक्षालय स्थापना पर्नुपर्ने लगाएतका माग पनि अघि सारेको छ ।

shares