October 24, 2017

२५६१ औं गौतमबुद्ध जयन्तीको तयारी पूरा

नरेश के.सी. / लुम्बिनी, वैशाख २६ । शान्तिका अग्रदूत महामानव गौतमबुद्धको २५६१ औं जयन्तीलाई उनको जन्मथलो लुम्बिनीमा विशेष तरिकाले मनाइने भएको छ ।

२५६१ औं बुद्ध जयन्तीको तयारी सम्पूर्ण रुपले पूरा भएको लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङगले जानकारी दिए । सदस्यसचिव तामाङगका अनुसार बुधबारको कार्यक्रममा उपराष्ट्रपति लगायत देश विदेशका कुटनीतिज्ञ, मन्त्री, सांसद लगायत भिक्षु आदिको सहभागिता हुनेछ । सोही अवसरमा लुम्बिनीको संरक्षण र सम्बर्द्धनमा विशेष योगदान पुराउने ५ जनालाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।

बुद्धजयन्तीको अवसरमा देश विदेशमा विशेष कार्यक्रम हुने गर्दछन् । महामानव बुद्धको जन्मथलो लुम्बिनीमा हुने कार्यक्रम अन्य ठाउँका कार्यक्रम भन्दा विशेष हुने गर्दछ ।