नेविस‌ंघले दियाे उपमेयर खड्गीलाई फोहाेर उपहार

काठमाण्डाै,२८ पुस । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिका कार्यालय पुगेर उपमेयर हरिप्रभा खड्गीलाई फोहाेर उपहार दिएकाे छ ।

संघले मेयर विद्यासुन्दर शाक्यको हातमा फोहर थमाउने कार्यक्रम बनाए पनि शाक्य कार्यालयमा उपस्थित नभएपछि उपमेयर खड्गीलाई फोहर उपहार दिएका हुन् । काठमाडौंमा अत्याधिक धुलो र फोहर बढेको भन्दै उनीहरुले सांकेतिक रुपमा महानगरपालिकाको ध्यानाकर्षण गराएको नेबिसंघ काठमाडौं जिल्ला सभापति मनोज बैद्यले बताए ।

महानगरले विभिन्न रुपमा जनताबाट कर उठाएपनि काम नगरेकै कारण महानगरको ध्यानाकर्षण गराईएको उहाको भनाई छ । उपमयेर खड्गीले मेलम्चीको पाइप विस्तारको क्रममा धूलो भएको बताइन् । सडक विभागले आफ्नो जिम्मेवारी पूरा नगर्दा धुलो भएको खड्गीले दाबी गरिन् ।

झन्डै सय जनाको सङख्यामा पुगेका विद्यार्थी टोलीले काठमाडौंका मुख्य चोकहरु तीनकुने, चावहिल लगायतका स्थानबाट धुलो तथा फोहर संकलन गरी महानगरपालिकामा बुझाएका हुन् । सो क्रममा बिद्यार्थीहरुले महानगरको मुल गेटमा एक घण्टा धर्ना समेत दिएका थिए ।