Breaking News

यी हुन् अाज बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाण्डाै, २८ पुस । मन्त्रिपरिषदको अाज बसेको बैठकले केहि महत्त्वपूर्ण निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नेबारे निर्णय गर्न नसकेन पनि अन्य केहि ७ वटा निर्णय भने गरेकाे छ ।

मन्त्रिपरिषद् बैठका अन्य केही निर्णयहरु यस्ता छन् ।

१‍) वैशाख १ देखि राष्ट्रिय गणना २०७५ को सूची आदेश जारी

२) वाइल्ड स्टक आयोजनाको लागि विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार

३) नेपाल न्याय सेनाको विशिष्ट श्रेष्णीमा महेन्द्रनाथ उपाध्यायलाई नियुक्त र पदस्थापन गर्ने निर्णय

४) पुनरावेदन समितिमा हेमराज पन्त नियुक्त

५) प्राविधिक महासेनानीमा  गजेन्द्र राज शर्मालाई प्राविधिक सहायक रथीमा पदोन्नती

६) उपरथी गौरव तन्डुललाई रथी र युएन फोर्सको कमाण्डको रुपमा प्रतिस्पर्धा गर्न पठाउने

७) धनकुटाकाे छिन्ताङ काण्डमा मारिएका १६ जनालाई शहीद धोषणा

२०३६ साल कात्तिक २७ गते धनकुटाको छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेको गतिविधि नियन्त्रण गर्ने बेला प्रहरीले गोली चलाउँदा १६ जनाको मृत्यु भएको थियो । उक्त समयमा सूर्यबहादुर थापा प्रधानमन्त्री रहेका थिए ।

shares