Breaking News

अाप्रवासीहरूबारे ट्रम्पले गरे अशिष्ट भाषाकाे प्रयाेग

वासिंगटन, २८ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हेइटी र अफ्रिकी देशहरूबाट अमेरिका अाउने अाप्रवासीहरूबारे अपमानजनक भाषा प्रयोग गरेका छन् ।

ह्वाइट हाउसमा सांसदहरूसँग भएको बैठकका क्रममा ट्रम्पले प्रश्न गरे, “किन ती देशका मानिसहरूलाई हाम्राे देशमा आउन दिनुपर्यो?” राष्ट्रपति ट्रम्पले दुईदलीय सहमतिका आधारमा ल्याइएको आप्रवासन सम्बन्धी एउटा सम्झौताकाे प्रस्तावलार्इ अश्लील भाषाकाे प्रयाेग गर्दै  खारेज गर्ने निर्णय गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको ओभल अफिसमा भएको बैठकका क्रममा उनले प्रयोग गरेको अशिष्ट शब्दले कतिपय सांसदहरूलाई नै चकित पारेको बताइएको छ । उनले हेइटी, एल साल्भाडोर र अफ्रिकी देशविरुद्ध नराम्रो शब्द प्रयोग गर्दै त्यहाँका भन्दा बरू नर्वेका मानिसहरूलाई आफ्नो देशमा ल्याउँदा राम्राे हुने बताए । यसै साताको शुरूमा ट्रम्पले नर्वेका प्रधानमन्त्रीलाई ह्वाइट हाउसमा भेटेका थिए।

आप्रवासन सम्बन्धी उक्त सम्झौताकाे प्रस्ताव खारेजीपछि लाखाैंकाे संख्यामा अमेरिकामा रहेका हाइटियन अाप्रवासीहरू प्रभावित हुने देखिएकाे छ भने दुर्इ लाख साल्भाडाेरियनहरू कानुनी संरक्षणबाट बञ्चित हुने छन् ।

क्यापिटल हिलका राजनीतिज्ञहरू आप्रवासन सुधार सम्बन्धी दुइपक्षीय सम्झौतालाई पुनर्स्थापित गर्ने कोशिश गरिरहेका छन् । अमेरिकामा आप्रवासीको रुपमा अवैध रुपमा ल्याइएका बालबालिकाको कानूनी सुरक्षा पुनर्स्थापित गर्ने प्रयास उनीहरूले गरिरहेका छन्।

shares