Breaking News

माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरुकाे सरकार छाड्ने निर्णय

काठमाण्डौ,२७ पुस । नेकपा माओवादी केन्द्रबाट सरकारमा रहेका बिनाविभागीय मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको छ ।

नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न सरकार छाड्न लागिएकाे भन्दै बिनाविभागीय मन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देवालालार्इ आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेका सबै मन्त्रीले राजीनामा बुझाउने बताएका हुन्। यद्यपि मन्त्रीहरुले राजीनामा दिने कि पार्टीले फिर्ता बोलाउने भन्नेबारे टुंगिएको लागेकाे छैन ।

केही मन्त्री राजधानी बाहिर रहेकाले भोलिसम्ममा सरकार छाड्ने तयारी रहेको नेताहरुले बताए । नेकपा एमालेसँग पार्टी एकता गर्नेगरी असोज १७ गते चुनावी तालमेल गरेसँगै माओवादी केन्द्रका सबै मन्त्रीलाई प्रधानमन्त्री देउवाले जिम्मेवारी मुक्त गरेका थिए ।

तीमध्ये मन्त्री शम्भुलाल श्रेष्ठ निर्वाचनपूर्व नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । माओवादी केन्द्रबाट सरकारमा ९ मन्त्री र ७ राज्यमन्त्री गरी १६ जना बिनाविभागीय मन्त्रीका रुपमा रहेका छन्।

यी हुन् माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरु

मन्त्री

कृष्णबहादुर महरा

गिरिराजमणि पोखरेल

जनार्दन शर्मा

प्रभु शाह

टेकबहादुर बस्नेत

शिवकुमार मण्डल केवट

महेन्द्रबहादुर शाही

आशा कोइराला

सन्तकुमार थारु

राज्यमन्त्री

मोहम्मद जाकिर हुसेन

रामसिंह यादव

श्यामकुमार श्रेष्ठ

कर्णबहादुर विक

छमबहादुर गुरुङ

गोमा कुँवर

वाङदी शेर्पा

shares