बलिउडमा दाेस्राे पाेर्न स्टारले डेब्यू गर्दै, पाेस्टर छ यस्तो

मुम्बर्इ, २७ पुस । निर्देशक एवं निर्माता रामगाेपाल वर्माले अाफ्नाे अागामी चलचित्रकाे लागि एक पाेर्न स्टारलार्इ अनुबन्धित गराएका छन् ।

वर्माले फिल्म ‘गड, सेक्स एण्ड ट्रुथ’मा एडल्ट स्टार मिया मेल्काेवालार्इ अनुबन्धित गराएका हुन् । मेल्काेवालार्इ लिएर उनले उक्त फिल्मकाे छायांकन पनि सुरु गरिसकेका छन् ।

हालै साे फिल्मकाे निकै बाेल्ड पाेस्टर पनि सार्वजनिक भएकाे छ । पाेस्टरमा मिया नग्न अवस्थामा बसिरहेकी देखिन्छिन्, तर फिल्म निर्माता वर्माले कलात्मक तरिकाले उनलार्इ छेकेर बसेकाे देखाइएकाे छ । पाेस्टर ट्वीटरमा शेयर गर्दै मियाले निर्माता वर्मालार्इ धन्यवाद पनि दिएकी छिन् । मिया सनी लियाेनीपछि बलिउडमा प्रवेश गर्ने दाेस्राे पाेर्न स्टार हुन् ।

स्राेतका अनुसार उक्त फिल्मकाे ट्रेलर यसै महिनाकाे १६ तारिखमा रिलिज गरिने भएकाे छ । रामगाेपाल वर्माले फिल्ममा बाेल्ड विषयवस्तु प्रस्तुत गरेकाे याे पहिलाे पटक भने पक्कै हाेइन । यसअघि पनि अाफ्नाे वेब सिरिज ‘गन्ज एण्ड थाइज’मा उनले अग्रभागकाे पूर्ण नग्नता दर्शकसामु पेश गरिसकेका छन् ।