अमेरिका: पहिराेमा मर्नेकाे संख्या १७ पुग्याे, खाेजी कार्य जारी

अमेरिका, २७ पुस । दक्षिण क्यालिफाेर्नियाकाे पहिराेमा परी हराइरहेका दर्जनभन्दा बढी मानिसहरूकाे खाेजी कार्य जारी रहेकाे छ ।

पहिराेमा ज्यान गुमाउनेकाे संख्या १७ पुगेकाे त्यहाँका अधिकारीहरूले जनाएका छन् भने उक्त संख्या अझै बढ्न सक्ने देखिएकाे छ । पहिराेमा पुरिएका हुन सक्ने मानिसकाे भग्नावशेष र प्रभावित क्षेत्रमा खाेजी गर्न ५०० काे संख्यामा उद्धारकर्ता र १० कुकुर खटाइएका छन् ।

गत महिना मात्र भीषण अागलागीकाे मारमा परेका सान्टा बार्बरा क्षेत्रमा मंगलबार बिहानदेखि परेकाे भारी वर्षाकाे कारण पहिराे गएकाे थियाे । साे पहिराेमा परी थप १७ जना हराइरहेकाे पनि अधिकारीहरूले बताएका छन् ।

५० भन्दा बढीकाे उद्धार गरिएकाे छ । एउटा दुर्इ वर्षीया बालिकाकाे पनि जीवितै उद्धार गरी अस्पताल पुर्याइएकाे एकजना उद्धारकर्ताले बताए । बाढीग्रस्त क्षेत्रमा सयभन्दा बढी घरहरू पूर्ण रूपमा भत्किएका छन् भने ३०० घरहरूमा क्षति पुगेकाे छ ।