Breaking News

रोहिंग्याको हत्यामा सेनाकाे संलग्नता स्वीकार

म्यानमार २७ पुस । म्यानमारमा सरकारी सेनाले रखाइन प्रान्तस्थित रोहिंग्या समुदाय लक्षित हत्या तथा हिंसामा आफनो संलग्नता स्वीकारेको छ ।
यसअघि रोहिंग्याको हत्यामा आफनो संलग्नता अस्वीकार गर्दै आएको म्यानमारको सेनाले पहिलो पटक रोहिंग्या समुदाय लक्षित हिंसामा आफना केही सैनिकको संलग्नता रहेको स्वीकारेको हो ।

सबै घटनामा आफना सैनिकको संलग्नता नरहेपनि केही घटनामा भने संलग्नता पुष्टि भएको सेनाले जनाएको छ । एक अनुसन्धानका क्रममा आफना ४ जना सेनाले प्रतिशोधको नियतले इनदिन गाउँका १० जनाको रोहिंग्या मुसलमानहरुको हत्या गरेको पाइएको सेनाको अनुसन्धनात्मक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा मारिएकालाई बंगाली आतंकवादीको संज्ञा दिइएको छ भने आक्रमणमा स्थानीय बासिन्दाले समेत मद्दत गरेको दावी गरिएको छ । गत अगस्टदेखि रोहिंग्याको बसोबास रहेको रखाइन प्रान्तमा भड्किएको हिंसाको क्रममा रोहिंग्या मुसलमानमाथि आम नरसंहार गरेको आरोप म्यानमारको सरकार र सेनामाथि लाग्दै आएको छ । हिंसाकै कारण म्यानमारका ६ लाख ५० हजार भन्दा बढी रोहिंग्या मुसलमानहरु छिमेकी मुलुक बंगलादेशमा शरण लिन पुगेका छन् ।

shares