सुन्दर छाला चाहनुहुन्छ? पानीमा यी चिज मिलाएर पिउनुहाेस्

दागरहित सुन्दर त्वचा पाउन अर्थात् छालामा निखार ल्याउन हामी जानी-नजानी अनेक उपाय अवलम्बन गरिरहेका हुन्छाैं । खासगरी महिला दिदीबहिनीहरू घण्टाैं पार्लरमा बसेर अमूल्य समय खेर फालिरहेका हुन्छन् । सिंगारका महंगा सरसामान किन्नमा धेरै पैसा खर्च गरिरहेका हुन्छन् । अनेक किसिमका क्रिमपाउडर र फेसप्याक प्रयाेग गरेर हेर्दाहेर्दै हैरान हुन्छन्, तर परिणाम भने नकारात्मक मात्र देखिन्छ ।

हाे, कतिपयलार्इ थाहा नहुन सक्छ कि सुन्दर छालाकाे लागि बाहिरी हेरचाह वा लिपपाेतले मात्र काम गर्दैन । बाहिरी सरसफाइ जस्तै शरीरकाे भित्री सफाइ पनि गर्नु अावश्यक हुने विशेषज्ञहरू बताउँछन् । यसकाे सजिलाे तरिका भनेकाे पानीमा यस्ता खास चिज मिसाएर खानु हाे ।

१. दालचिनी

दालचिनीकाे सेवनले शरीरमा रक्तसंचार ठिक गराउँछ । पिउने पानी उमाल्दा एक चिम्टी दालचिनीकाे पाउडर र स्याउकाे टुक्रा हाल्नुहाेस् । पछि पानी छानेर पिउँदा पनि हुन्छ ।

२. स्ट्रबेरी

अनुहारमा देखिने थकान हटाउन र छालालार्इ चम्किलाे बनाउन पिउने पानीमा स्ट्रबेरीकाे रस मिसाउनुहाेस् । यसमा भिटामिन सी एवम् एंटीअक्सिडेन्ट पाइन्छ जसले अनुहारमा चमक ल्याउँछ ।

३. मह

मह ब्याक्टेरियासँग लड्ने अचूक उपाय हाे । यसलार्इ अनुहारमा लगाउँदा जति फाइदा हुन्छ, त्यति नै फाइदा यसकाे सेवनबाट पनि हुन्छ ।
बिहान खाली पेटमा ताताे पानीमा मह मिसाएर खाँदा शरीरकाे बाेसाे घटाउन मद्दत गर्नुका साथै भित्री फाेहाेर निकाल्न पनि सहयाेग गर्दछ ।

४. बाबरीकाे बीज

नेपालकाे गाउँघरमा बाबरी नामले चिनिने तुलसी प्रजातिकाे बिरुवाकाे बीज वा दानालार्इ पानीमा मिलाएर सेवन गर्नाले छालाकाे सुन्दरता बढाउन मद्दत गर्दछ । पुदिना प्रजातिकाे उक्त बिरुवाकाे बीउमा एंटीअक्सिडेन्ट्स तथा अाेमेगा-३ भरपूर मात्रामा पाइन्छ जसले मरेकाे छालालार्इ पनि पुन: सक्रिय गराउँछ ।

५. पुदिना

पुदिना-पानीले पेट सफा गर्छ र अनुहारकाे चमकलार्इ कायम राख्दछ । गर्मीमा त यसले ताजा महसूस गर्न पनि सहयाेग गर्छ ।

६. कागती-पानी

पिउने पानीमा केही थाेपा कागतीकाे रस मिलाएर पिउँनाले तपाइँकाे पाचन क्रिया दुरुस्त राख्नुकाे साथै शरीरभित्रकाे फाेहाेरलार्इ पसिनाकाे माध्यमबाट बाहिर निकाल्न मद्दत गर्छ ।  जसले गर्दा छालाकाे सुन्दरता अझ बढेर जान्छ ।