Breaking News

गलत विवरण दिएकाेमा जापानी अन्तरिक्षयात्रीले मागे माफी

काठमाण्डाै, २६ पुस । एकजना जापानी अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएको तीन हप्तायता ९ सेन्टिमिटर ( ३.५ इञ्च) उचाइ बढेको भनेर अाफूले दिएकाे झुटाे विवरणप्रति माफी मागेका छन् ।

जापानी भाषामा ट्वीट गर्दै अन्तरिक्षयात्री नोरिसिगे कनोएले लेखेका छन्, “त्यस्तो गलत समाचारबारे ट्वीट गरेकोमा म क्षमा चाहन्छु।” उनले नापमा गल्ती भएको भन्दै खासमा आफ्नाे उचाइ पृथ्वीमा हुँदाभन्दा दुई से.मी. मात्र बढेको बताएका छन् ।

उनको पहिलो गलत दाबीले मिडिया प्रयोगकर्तामाझ विश्वव्यापी चर्चा पाएको थियो । खासमा अन्तरिक्षयात्रीकाे उचाइ सामान्यतया २ देखि ५ से.मी.काे दरले बढ्दछ । गुरूत्वाकर्षण नहुने भएकोले मेरुदण्डका करङ्गहरू एकअर्काबाट टाढिन गर्इ यस्तो हुन्छ । तर पृथ्वीमा फर्किएपछि भने उचाइ पहिलेझैं सामान्य अवस्थामा अाउँछ ।

कनोएले जापानी भाषामा गरेको ट्वीटमा पहिले यस्ताे लेखेका थिए: “शुभप्रभात सबैलाई ! मसँग एउटा महत्त्वपूर्ण घोषणा छ । हामीले अन्तरिक्ष पुगेपछि हाम्रो शरीरको नाप गर्‍यौँ। ओहो! म साँच्चै ९ सेन्टिमिटरसम्म बढेँ। ”

 

shares