Breaking News

पहिराेमा परी क्यालिफाेर्नियामा कम्तीमा १३ काे मृत्यु, उद्धार कार्य जारी

अमेरिका, २६ पुस । यसअघि डिसेम्बरमा ठूलो डढेलो खेपेकाे दक्षिण क्यालिफाेर्नियामा महिनौंपश्चात परेको पानीले निम्त्याएको पहिरोमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ ।

पहिराे र बाढीमा हराइरहेका मानिसहरूकाे खाेजी कार्य जारी रहेकाे त्यहाँ खटिएका उद्धार टाेलीले जनाएकाे छ । मुख्य तटीय मार्गको करिब ५० किलोमिटर खण्ड अवरुद्ध छ । प्रहरीले त्यहाँको दृश्यलाई प्रथम विश्व युद्धस्थल जस्तो देखिएको बताएको छ ।

५० भन्दा बढीकाे उद्धार गरिसकिएकाे छ तर कतिपय ठाउँमा अझै उद्धारकर्मी पुग्न सकेका छैनन् । अब सो क्षेत्रमा हवाई मार्गबाट खोज तथा उद्धार गरिने बताइएको छ । मर्नेकाे संख्या अझै बढ्न सक्ने संभावना रहेकाे अधिकारीहरू बताउँछन् ।

लस एन्जलिसस्थित बीबीसी संवाददाता जेम्स कुकका अनुसार ठाउँठाउँमा साना गाडीका आकारका ढुंगा पहाडबाट खसेर सडक अवरुद्ध भएका छन् । नगरका सडकहरू बाक्लो हिलोले ढाकिएका तथा पहिरोले बगाएका क्षतविक्षत गाडीहरू यत्रतत्र देखिन्छन् ।

-एजेन्सी

 

 

shares