राजनीतिक स्थिरताका लागि वाम गठबन्धनको सरकार अावश्यक छः कमल थापा

काठमाण्डाै, २६ पुस । उपप्रधान एवम् उर्जामन्त्री कमल थापाले अब वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उपप्रधानमन्त्री थापाले जनताको म्याण्डेट अनुसार वाम गठबन्धनको सरकार नबने मुलुकमा फेरि राजनीतिक अस्थिरता निम्तिने बताएका हुन् । उनले मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन वाम गठबन्धनको सरकार अावश्यक रहेकाे बताए ।

थापाले प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भिर भूल गरेको भन्दै सरकार गठन अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताएका हुन् । उनले सरकार गठनमा भएको ढिलाईप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको जिकिर गरे।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नको लागि महत्वपूर्ण प्रयास गरेको मन्त्री थापाले बताए ।राप्रपा अध्यक्ष समेत रहेका थापाले पार्टीले यो पटकको निर्वाचनमा कल्पना समेत नगरेको परिणाम व्यहोरेको बताए । उनले राप्रपाकाे विभाजनकाे मुल कारणले अहिले निराशजनक परिणाम अाएकाे स्पष्ट पारे ।