October 23, 2017

फेसबुककी सिइयो भन्छिन्– नारी हुनुमा नै गर्व छ

काठमाण्डौ, २६ वैशाख । फेसबुककी मुख्य कार्यकारी अधिकृत (सिइयो) सेरिल स्यान्डवर्गले आफू नारीवादी भएको र यसमा नै गर्व भएको बताएकी छिन् ।

उनले भनिन् , ‘मलाई आफू नारी भएकोमा गर्व छ तर म के मान्छु भने लैंगिक समानता हुनु अति नै आवश्यक छ ।’ स्यान्डवर्गका अनुसार सबै मानिसहरुलाई नारीवादको सही परिभाषा थाहा हुनुपर्छ र सबै नारी अधिकारवादी हुनुपर्छ ।

पछिल्लो समय नारीमाथि भइरहेको आक्रमण र नारीलाई हेरिने नजरमा उनको भनाईले केही राहत पुग्ने अपेक्षा गरिएको छ ।