Breaking News

रजनीकान्तले गरे पहिलाे प्रेमकाे बारेमा खुलासा

मुम्बर्इ, २६ पुस । चर्चित् भारतीय अभिनेता रजनीकान्तले अाफ्नाे पहिलाे प्रेमकाे बारेमा खुलासा गरेका छन् ।

हालै अायाेजित एउटा भव्य समाराेहमा रजनीकान्तले उनकाे पहिलाे प्रेमकाे बारेमा रहस्य खाेलेका हुन् । उनी भन्छन्, “हाे, मेराे पनि पहिलाे प्रेम थियाे । किशाेेरावस्थामा स्कुले जीवन छँदा प्रेममा परेकाे थिएँ । धेरैले पहिलाे प्रेमलार्इ पाएर छाेड्छन्, तर मैले उनकाे मन जित्न सकिन ।”

यसबाहेक रजनीले सुरुवाती वर्षहरूमा अाफूले एउटा राम्राेखाले मध्यमस्तरीय जीवन बिताउन र एउटा स्कुटर किन्ने चाहना राखेकाे पनि खुलासा गरे । उनका यस्तै साधारण स्वभावले झन् उनकाे ‘फ्यान फलाेइङ’ बढ्ने देखिन्छ ।

रजनीकान्त भारतीय चलचित्रकाे क्षेत्रमा संभवत: सबैभन्दा सम्मानित नाम हाे । उनकाे साधारण मानिसकाे जस्तै बानीव्यवहार, पर्दामा उनकाे भव्य र असामान्य चरित्र तथा पूर्ण परिवारकै कारण यति धेरै सम्मान र फ्यान फलाेइङ प्राप्त गरेका हुन् ।

रजनीकान्तकाे हालकाे काम हेर्ने हाे भने फिल्म ‘२.०’ र ‘काल’ अाउने तयारीमा छन् । ‘२.०’ साइन्स फिक्सन थ्रिलर हाे जुन शंकरले निर्देशन गरेका हुन् भने याे  ‘इन्थिरन’ काे सिक्वल हाे । याे चलचित्र अागामी अप्रिलमा बक्स अफिसमा अाउने तयारीमा छ ।

फिल्ममा रजनीकान्त पहलाे भागमा झैं ‘चिटी’काे भूमिकामा प्रस्तुत हुनेछन् । यसमा उनी यमी ज्याक्सन र बलिउड स्टार अक्षय कुमारकाे विपरीतमा भूमिकामा देखिने भएका छन् । करीब ४०० कराेडकाे लगानीमा बन्दै गरेकाे याे सबैभन्दा महंगाे भारतीय फिल्म पनि बन्दैछ ।

‘काल’ रंजितद्वारा निर्देशित क्राइम ड्रामा हाे । याे फिल्म ‘२.०’ पछि पर्दामा हेर्न पाइने छ । यसमा रजनीलार्इ शक्तिशाली ग्यांग्स्टरकाे भूमिकामा देख्न पाइने छ ।

 

 

 

shares