‘टाइगर जिंदा है’ काे एेतिहासिक सफलता, १६ दिनमै ५०० कराेडकाे कमाइ

मुम्बर्इ, २५ पुस । बलिउड सुपरस्टार सलमान खानकाे ब्लकबस्टर हिट ‘टाइगर जिंदा है’ ले एेतिहासिक सफलता प्राप्त गर्दै नयाँ रेकर्ड बनाएकाे छ ।

२२ डिसेम्बर २०१७ मा रिलिज भएकाे उक्त फिल्मले रिलिज भएकाे १६ दिनमै सबैभन्दा धेरै कमाइ गर्ने बलिउड फिल्म बन्न सफल भएकाे हाे । फिल्म ३०० कराेडकाे क्लबमा सामेल भइसकेकाे छ भने यसअघिकाे सलमानकाे अाफ्नै फिल्मकाे रेकर्ड पनि ताेडेकाे छ।

फिल्म  ‘सुल्तान’ र ‘बजरंगी भाईजान’ ले बक्स अफिसमा क्रमश: ३००.४५ र ३२०.३४ कराेडकाे कमाइ गरेकाे थियाे ।

भारतमा मात्र नभर्इ ‘टाइगर जिंदा है’ले विदेशमा पनि राम्राे व्यापार गरेकाे छ । विश्वभरिकाे कमाइकाे हिसाब गर्ने हाे भने १५ दिनमै फिल्मले करीब ५०० कराेडकाे व्यापार गरिसकेकाे छ । भारतमा कुल ३७४ कराेड कमाइ गरेकाे छ भने अन्य देशमा ११३ कराेडभन्दा बढी कमाइ गरेकाे तथ्यांक देखाइएकाे छ ।

५०० कराेडकाे क्लबमा हालसम्म डबिङ गरिएकाे हिन्दी फिल्म ‘बाहुबली-२’ मात्र थियाे । विशुद्ध हिन्दी फिल्मकाे कुरा गर्ने हाे भने ‘टाइगर जिंदा है’ काे अासपास अन्य कुनै फिल्म देखिएकाे छैन ।

सलमान खानकाे याे फिल्मले अरु दुर्इ खानलार्इ पनि पछाडि छाेडेकाे छ । अामिरकाे ‘धूम-३’ ( २८४ कराेड) र शाहरुखकाे ‘जब तक है जान’ (२२० कराेड) काे रेकर्डलार्इ फिल्मले उछिनेकाे हाे । तर यी तीनवटै फिल्म यशराज ब्यानरकाे हाे ।

अली अब्बासद्वारा निर्देशित ‘टाइगर जिंदा है’ सन् २०१२ मा अाएकाे फिल्म ‘एक था टाइगर’ काे सिक्वल हाे । सलमानकाे फिसबाहेक १५० कराेडमा निर्मित याे फिल्मले रिलिज भएकाे चाैथाे दिनमै लगानी उठाएकाे छ ।