दक्षिण काेरियामा हुने हिउँदे अाेलम्पिक्समा उत्तर काेरियाली सहभागिता निश्चित्

काठमाण्डाै, २५ पुस । उत्तर काेरियाले अागामी फेब्रुअरीमा दक्षिण काेरियामा हुने हिउँदे अाेलम्पिक्समा सहभागी हुन अाफ्नाे टाेली पठाउने भएकाे छ ।

मंगलबार दुर्इ देशबीचकाे उच्चस्तरीय वार्ता सम्पन्न भएपछि सन् २०१८ काे फेब्रुअरीमा प्याेङ्चाङमा अायाेजना हुने उक्त अाेलम्पिक खेलकुदमा उत्तर काेरियाली सहभागिता निश्चित् भएकाे हाे ।  दुवै पक्षबाट ५/५ सदस्यीय वार्ता टाेलीले सेनारहित पान्मुन्जाेम नामक “शान्ति गाउँ”मा भेटवार्ता गरेकाे थियाे ।

सहभागी टाेलीमा खेलाडी, सरकारी अधिकारीहरू तथा समर्थकहरू रहने जनाइएकाे छ । दक्षिण काेरियाले उक्त अाेलम्पिक्सकाे अवसरमा काेरियाली युद्धका कारण बिछाेडिएका परिवारलार्इ पुनर्मिलन गराउने प्रस्ताव गरेकाे थियाे ।

दक्षिण काेरियाका उप-एकीकरण मन्त्री चुन हाइ-सुङले पत्रकारसँग कुरा गर्दै उत्तर काेरियाले उच्चस्तरीय टाेली, राष्ट्रिय अाेलम्पिक समितिकाे टाेली, खेलाडीहरू, समर्थकहरू, कला प्रदर्शकहरू, अवलाेकनकर्ता, तेक्वान्दाे प्रदर्शनकाे एउटा टाेली र पत्रकारहरू पठाउने प्रताव गरेकाे बताए । त्यस्तै, दक्षिण काेरियाले सन् २००६ काे हिउँदे अाेलम्पिकमा झैं दुवै काेरियाली मुलुकका खेलाडीहरू उद्घाटन सत्रमा सँगै मार्च पास गर्ने प्रस्ताव गरेकाे थियाे ।

दक्षिण काेरियाले राखेकाे सबै प्रस्तावप्रति उत्तर काेरियाकाे प्रतिक्रिया अाइसकेकाे छैन । तर पनि उत्तर काेरियाली वार्ता टाेलीका प्रमुख रि सन-ग्वन उक्त प्रस्तावप्रति सकारात्मक रहेकाे बताइएकाे छ । उनले याे वार्ताले नयाँ वर्षकाे लागि “राम्राे उपहार” दिने बताउँदै उत्तर काेरियाले यसलार्इ गम्भीरतापूर्वक लिएकाे बताए ।

केही अमेरिकी अालाेचकहरूले उत्तर काेरियाकाे याे कदमलार्इ अमेरिका र दक्षिण काेरियाबीचकाे मैत्रीपूर्ण सम्बन्धलार्इ फुटाउने प्रयास भएकाे प्रतिक्रिया दिएका छन् ।