Breaking News

पूर्वी चीन सागरमा तीन दिनदेखि निरन्तर जल्दै पानीजहाज

काठमाण्डाै, २५ पुस । चीनका यातायातमन्त्रीले पूर्वी चीन सागरमा शनिबार सांघाईबाट १ सय ६० माइल पूर्वमा दुर्घटना भएको एउटा इरानी पानीजहाज अझै जलिरहेको बताएका छन् ।

झण्डै १० लाख ब्यारल ‘कण्डेन्सेट’ बोकेको उक्त पानीजहाज एउटा मालवाहक पानीजहाजसँग ठोक्किएपछि तीन दिनयता जलिरहेको छ ।थियो । ‘कण्डेन्सेट’ तेलको विषालु र विस्फोटक रूप हो । थप विपद् रोक्न भन्दै चीनले सफाइ गर्नका लागि घटनास्थलमा पानीजहाजहरू पठाएको छ ।

चिनियाँ अधिकारीहरूले हराएका चालक दलका ३१ जनाको खोजी कार्य व्यापक रूपमा भइरहेकाे भएपनि खराब मौसमका कारण खोजी कार्य प्रभावित भएको जनाएका छन् । इन्धन बोकेको उक्त पानीजहाजसँग ठोक्किएको अर्को पानीजहाजका चालक दलका २१ सदस्यको भने उद्धार गरिएको छ ।

पानीजहाजबाट चुहिएको तेलको मात्रा र त्यसले वातावरणमा पारिरहेको असरबारे अहिलेसम्म यकिन भइसकेको छैन । यस्तो प्रकृतिको दुर्घटना सन् १९९१ यताकै सबैभन्दा खराब हुन सक्ने ठानिएको छ।

उद्धार कार्यका लागि कैयौँ चिनियाँ पानीजहाजहरू परिचालित छन् भने दक्षिण कोरियाले तटरक्षकसहित एउटा पानीजहाज र एउटा हेलिकप्टर परिचालन गरेको छ । उद्धार कार्यमा मद्दत गर्न अमेरिकी जलसेनाले पनि एउटा सैनिक हेलिकप्टर पठाएको थियो ।

shares