October 24, 2017

वडा सदस्यका उम्मेदवारको लडेर ज्यान गयो

पुरुषोत्तम गिरी / सल्यान वैशाख २६ । स्थानीय तहको चुनावमा प्रचारप्रसारका क्रममा कुमाख मालिका गाउँपालिका वडा नं. १ का नेपाली कांग्रेसका खुला तर्फका वडा सदस्यका उम्मेदवार दल बहादुर रानाको लडेर ज्यान गएको छ ।

चुनावी प्रचारप्रसारको क्रममा गत आईतबार राति लडेर घाइते भएका रानाको आज ज्यान गएको हो । राति १० बजे सम्म कुमाखमालिका गाउँपालिका १ टाट्केमा मतदातासँग भेटघाट गरिरहेका राना लडेर घाइते भएपछि उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उनी छिमेकीको घरबाट खस्दा गाई बाँध्ने किलोमा परेर गम्भिर घाइते भएका थिए ।

गम्भीर घाइते भएका रानालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्ज हुँदै भारतको लखनउ लगिएको थियो । उनको उपचारको क्रममा लखनउमा ज्यान गएको नेपाली कांग्रेस सल्यानले जानकारी दिएको छ ।