७५अाैं ‘गोल्डेन ग्लोब अवार्ड्स २०१८’ सम्पन्न, सबै कलाकार कालाे कपडामै किन?

काठमाण्डाै, २४ पुस । हलिउडमा हालै सम्पन्न ७५अाैं ‘गोल्डेन ग्लोब अवार्ड्स २०१८’ याैन शाेषणविरुद्धकाे मुद्दामै केन्द्रित रहेकाे छ ।

अमेरिकाकाे क्यालिफार्नियामा अायाेजित उक्त कार्यक्रममा उपस्थित सबै कलाकारहरूले चलचित्र उद्याेगमा हुने गरेकाे याैन शाेषणकाे विराेधमा कालाे कपडा लगाएका थिए । कार्यक्रम प्रस्ताेता अमेरिकी कमेडियन सेथ मेयर्सले याैन शाेषणकाे अाराेपी हार्वी विंस्टनकाे मजाक उडाउँदै कार्यक्रमकाे सुरुवात गरेका थिए ।

याैन शाेषणकाे विराेधमा हलिउडमा ‘टाइम्ज अप’ र ‘मि टु’ जस्ता अभियानहरू संचालनमा अाएका थिए । उक्त अभियान सामाजिक संजालमार्फत् विश्वभरिनै संचालनमा ल्याइएकाे छ । फिल्म उद्याेगमा मात्र सीमित नरही अब यी दुर्इ अान्दाेलन संसारका सबै क्षेत्रमा फैलिएकाे छ ।

एक्ट्रेस निकोल किडम्यान टेलिभिजन क्याटेगाेरीतर्फ ‘बिग लिटिल लाइज’ काे लागि उत्कृष्ट अभिनेत्रीकाे अवार्ड प्राप्त गरिन् भने एलिजाबेथ मसले ‘द ह्याण्डमेड्स टेल’मा उनकाे अभिनयका लागि बेस्ट एक्ट्रेसकाे अवार्ड पाएकी छिन् । यी दुवैले याैन शाेषणविरुद्ध लड्ने महिलाकाे चरित्र निभाएका थिए ।

विजेतादेखि कार्यक्रममा मन्तव्य राख्ने सबैले याैन शाेषणकै विराेधमा अाफ्नाे शक्तिशाली विचार/धारणा राखेका थिए । यस्ता छन् अवार्ड विजेताकाे सूची :-

बेस्ट परफर्मेन्स एक्टर, मोशन पिक्चर-  जेम्स फ्रांको (द डिजास्टर आर्टिस्ट)
बेस्ट सपोर्टिंग एक्टर, मोशन पिक्चर-  सैम रॉकवेल (थ्री बिलबोर्ड्स आउटसाइड इविंग, मिसौरी)
बेस्ट डायरेक्टर-  गुइलेर्मो डेल तोरो (शेप अफ वाटर)
बेस्ट एक्ट्रेस, टिभी फिल्म-  निकोल किडम्यान (बिग लिटिल लाइज)
बेस्ट सपोर्टिंग एक्टर, टिभी फिल्म-  एलेग्जेंडर स्कार्सगार्ड (बिग लिटिल लाइज)
बेस्ट एक्ट्रेस, टिभी सिरीज, ड्रामा-  एलिजाबेथ मस (द ह्यांडमेड्स टेल)
बेस्ट एक्टर, टिभी सिरीज, ड्रामा-  स्टरलिंग के. ब्राउन (दिस इज अस)
बेस्ट एक्ट्रेस, टिभी सिरीज, म्युजिकल वा कमेडी-  अजीज अंसारी (म्यूजिक अफ नन)
बेस्ट टिभी सिरीज, ड्रामा-  द ह्यांडमेड्स टेल
बेस्ट फरेन ल्यांग्वेज फिल्म-  इन द फेड (जर्मनी, फ्रांस)
बेस्ट एनिमेटेड फिल्म-  कोको
बेस्ट सपोर्टिंग एक्ट्रेस, टिभी सिरीज-  लरा डर्न (बिग लिटिल लाइज)

मनाेरंजन क्षेत्रमा विशेष याेगदान पुर्याएबापत विभिन्न स्वदेशी एवं विदेशी कलाकारहरूलार्इ फरेन प्रेस एसाेसिएशनले हरेक वर्ष गाेल्डेन ग्लाेब पुरस्कारद्वारा सम्मान गर्ने गर्दछ । सन् १९४४ मा लस एंजल्समा पहिलाे गाेल्डेन ग्लाेब पुरस्कार अायाेजना गरिएकाे थियाे ।