Breaking News

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

काठमाण्डौ, २४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज हुने ठाउँमा प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्री शेरबहादुर देउवालार्इ सुझाव दिएकी छन्।

प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्ने विषयमा औपचारिक जानकारी गराउन सोमबार बिहान प्रधानमन्त्री देउवा राष्ट्रपतिलार्इ भेटन शीतल निवास पुगेका थिए । भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई संविधानको परिधिभित्र रहेर आफ्नो काम–कारबाहीलाई अघि बढाउन सुझाव दिएकी हुन् ।

जनतालाई सहज हुने ठाउँमा प्रदेशको अस्थायी राजधानी तोक्न राष्ट्रपतिले सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । सरकारकाले गरेका निर्णय जनतालाई सहज हुनेगरी आउने राष्ट्रपति भण्डारीले विश्वास समेत व्यक्त गरिन्।

shares