पत्रकार उपचार कोषका लागि २१ हजार सहयाेग

बिर्तामोड,२६ वैशाख । बिर्तामोड स्थित गोर्खा टेलरिङ सटिङ एण्ड सुटिङका सञ्चालक वीरबहादुर दर्नालले पत्रकार सहारा उपचार कोषका लागि २१ हजार रुपैयाँ प्रदान गरेका छन् ।

दर्नालले मंगलबार उक्त रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरी र सचिव केशव भट्टराईलाई संयुक्त रुपमा प्रदान गरे । नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकारको उपचारमा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको पत्रकार उपचार कोष १ करोड रुपैयाँको बनाउने लक्ष्य लिइएको छ ।

दर्नाल आसन्न स्थानीय निर्वाचनका लागि बिर्तामोड–५ मा नेकपा माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षको उम्मेदवार समेत हुन् । पत्रकार महासंघका सदस्य समेत रहेका दर्नाल ऐक्यबद्धता मासिक र आगन एफएममा आबद्ध रहेको कोषका सचिव भट्टराईले जानकारी दिए ।