October 23, 2017

सवारी दुर्घटनामा परी ५ जना घाइते

दिनेश शर्मा / राजविराज, २६ वैशाख । सप्तरीको पुर्वपश्चिम राजमार्ग अन्तर्गत कन्चनरुप नगरपालिका–२ मा भएको सडक दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ४ ख ८२३ नम्बरको माइक्रो बस (हाइस) कञ्चनरुपमा अनियन्त्रित भई दुर्घटना हुँदा काठमाण्डौ कोटेश्वर–४ की ४० बर्षीया कल्पना सुबेदी, झापा धुलाबारी–८ की ३९ बर्षीया कौशिला शेर्पा, भद्रपुर–८ की ५ बर्षीया राधीका पौडेल, ५५ बर्षीय मुकुन्द पौडेल र रसुवा लहरे पौवा–२ का ४० बर्षीय बलराम पौडेल घाइते भएका छन् ।

उनीहरुको ठेलीयास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।