Breaking News

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलः एपीएफ क्वार्टरफाइनलमा प्रवेश

धनगढी, २२ पुस । विभागीय टीम सशस्त्र प्रहरी क्लब (एपीएफ) धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा आज भएको खेलमा पोखराको साहारा क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै एपीएफ अन्तिम आठमा स्थान बनाएको हो । पहिलो हाफमा पाएको पेनाल्टी र केहि गोल गर्ने मौका गुमाउँएको साहारा पेनाल्टी सुटआउटमा पनि निरश बन्न पुग्याे । पहिलो हाफको २१औं मिनेटमा साहाराले पाएको पेनाल्टी खेर फालेको थियो ।

साहाराका विनोद गुरुङले प्रहार गरेको पेनाल्टी गोलपोष्टको दायाँ किनाराबाट बाहिरिएको थियो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीसुटआउटबाट भएको हो । पेनाल्टी सुटआउटमा सहाराका लक्ष्मण जिसीको प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले बचाउँदै आफ्नो टीमलाई दोस्रो चरणमा पूर्‍याए। राजुले पेनाल्टीसुटआउटमा एक गोल समेत गरे।

एपीएफको जितमा नायक बनेका राजुले म्यान अफ द म्याच बन्दै नगद १० हजार हात पारे । पेनाल्टी सुउआउटमा एपीएफएका लागि गोलरक्षक नगरकोटीसहित अन्जन विष्ट, सुदीप सिल्पकार, आदित्य चौधरी र रञ्जन विष्टले गोल गरेका थिए।  प्रतियोगिताअन्तर्गत भोली काठमाडौँको सिएमजी संकटा र धरान फुटवल क्लबबीच प्रतिस्पर्धा हुने छ।

shares