डण्डीफोरले हैरान हुनुहुन्छ? खानुहाेस् यी ४ कुरा

किशोरावस्थाका केटाकेटीलार्इ बढी दुख दिने डण्डीफोरले सबैजसोलाई सताइरहेको हुन्छ । धुँवा, धूलो र प्रदूषणको कारण अनुहारमा डण्डीफोर आउनु सामान्य कुरा हाे ।

तर यदि आफ्नो मुहारको सुन्दरताप्रति एकदमै संवेदनशील हुँदाहुँदै पनि र अन्य घरेलु उपायहरूले पनि काम गरिरहेकाे छैन भने शरीरमा खास किसिमको भिटामिन तथा अन्य पौष्टिक तत्वहरूको कमी भएको हुन सक्छ।

अब यी ४ खानेकुरालाई आफ्नो दैनिक भोजनमा समावेश गरी हेर्नुहाेस्, डण्डिफाेर अाफैं हटेर जानेछ । यी खानेकुरा स्वास्थ्यकाे लागि एकदमै उपयाेगी हुनुकाे साथसाथै यसकाे कुनै साइड-इफेक्ट पनि हुँदैन ।

१. मुला, तोरीको हरीयो साग– डण्डीफोर आउनु भनेको शरीरभित्रका विषाक्त पदार्थहरू बाहिर निस्कने माध्यम मात्रै हो । तरपनि, बाहिरबाट प्रवेश गरेका ब्याक्टेरियाहरूले डण्डीफोरलाई बेलैमा सञ्चो हुन दिँदैन । हरीयो सागपात (विशेष गरी मुला र तोरीको साग) मा प्रशस्तै क्लोरोफील पाइन्छ, जसले पेटभित्रका ब्याक्टेरियालाई नष्ट गरी छालाको भित्री तहमा भएका ब्याक्टेरिया र विषाक्तलाई दिशाको मार्फत बाहिर निकाल्न मद्दत गर्दछ। साथै यसले रगतलाई पनि सफा गर्दछ। त्यसैले दैनिक खानामा यस्ता सागपातलाई नियमित मिसाएर खाँदा अवश्य परिवर्तन महसूस गर्नुहुनेछ ।

२. बेसार– तरकारीमा राखेर बेसार अाम मानिसले खाने गरेतापनि तरकारीसँगै बेसार भुट्ने गर्दा यसको वास्तविक गुण नष्ट हुन्छ । भुटेकाे बेसारले डण्डीफोरको ब्याक्टेरियालाई हटाउन सक्दैन । त्यसैले बेसारबाट डण्डीफोरलाई हटाउन चाहनुहुन्छ भने विहान उठेपछि १ गिलास दहीमा १ चिम्टी बेसार घोलेर खाने गर्नुहोस् । दही मन पर्दैन भने १ गिलास पानीमा १ चिम्टी बेसार राखेर १० मिनेट उमाल्नुहोस् र मनतातो बनाएर पिउनुहोस् । यसमा पाइने विशेष प्रकारको जलनविरोधक तत्वले पेट तथा रगतबाट ब्याक्टेरिया र अन्य विषाक्त पदार्थहरूलाई हटाई ग्यास्ट्रिक, एसिडिटीलाई राहत प्रदान गर्दछ भने डण्डीफोरलाई असर गरिरहेको ब्याक्टेरियालाई समेत नष्ट गर्दछ ।

३. गाँजर– भिटामीन-ए लाई डण्डीफोर विरोधक भिटामिन भनिन्छ र गाँजरमा प्रशस्त भिटामीन-ए पाइन्छ । खाना खाइसकेपछि अथवा खाजाको रूपमा दैनिक १/२ वटा गाँजर मज्जाले चपाएर खाने गर्नुहोस्। यसले पाचनप्रणालीमा सुधार ल्याउनुका साथै डण्डीफोरको समस्या पनि घटाउँछ ।

४. माछा– माछा डण्डीफाेर पीडितका लागि उपयाेगी अाहार हाे । विशेष गरी ‘सामन माछा’लाई स्वस्थ छाला, स्वस्थ मुटु र स्वस्थ मनस्थिति गराउने खानेकुराको रूपमा चिनिन्छ । यसलगायत यसमा पाइने ओमेगा-३ फ्याटी एसिड (एक प्रकारको प्रोटिन) ले छालालाई रक्षा गर्ने ‘कोलाजेन’ हरमोनको उत्पादनमा वृद्धि गराई डण्डीफोरसँग लड्न सक्ने सेता रक्तकोषको क्षमतामा वृद्धि गर्दछ ।

डण्डीफोरलाई सामान्य रूपमा लिनु हुँदैन । प्रायजसो डण्डीफोर केहि समयमा हट्ने खालका हुन्छन्, तर लामो समयसम्म पनि डण्डीफोरबाट छुटकारा पाउन सकिएन भने राम्राे चिकित्सककाे सल्लाह लिनु उपयुक्त हुन्छ ।