चट्याङमा परी ८ भारतीय मजदुर घाइते

दिनेश शर्मा राजविराज, २६ वैशाख । सप्तरीको विषहरीया ९ मा चट्याङ लागेर मंगलबार ६ जना घाइते भएका छन् । घाइते हुनेहरु सबै भारतीय नागरिक हुन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार भारतको बंगाल राज्यस्थित कुचबिहारका दम्पति ४५ वर्षीय नुर जमाल र ३५ वर्षीया ममिल विवि घाइते भएका छन् । त्यसैगरी २६ वर्षीय अहमद मियाँ र उनका छोरा ६ वर्षीय अरमान मियाँ घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय तैयव, ११ वर्षीय आलमी, ३० वर्षीय थैफियार र २५ वर्षीय मेजिला पनि छन् ।

घाइते सबैको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये नुर जमालको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । घाइतेहरु स्थानीय हिरो ईट्टा उद्योगमा कार्यरत मजदुर हुन् ।