
काठमाण्डाै, २२ पुस । घरेलु महिलाका लागि कुनै पनि किसिमकाे व्यवसाय सुरु गर्न कठिन हुन्छ । तर यसाे भन्दैमा असंभव नै हुन्छ भन्न भने मिल्दैन । संसारमा केही त्यस्ता महिलाहरू छन् जसले घर सम्हाल्दै व्यवसाय सुरु गरेका छन् र उनीहरू सफलताकाे शिखरमा पनि पुगेका छन् ।
अाज हामी तपाइँसमक्ष यस्तै एक सेल्फ-मेड वुमन अर्थात् अाफ्नै बलबुताले सफल भएकी महिला उद्यमीकाे बारेमा बताउँदैछाैं जसले अाफ्नै पतिसँग सापटी लिएर बिजनेस सुरु गरेकी थिइन् र अाज १७५५ कराेडकी मालिक्नी बनेकी छिन् ।
१७ हजारबाट ३५०० कराेड
वेरा ब्राडली ब्रान्डकी फाउंडर बारबरा ब्राडली भन्छिन्, यदि तपाइँकाे केही विचार छ भने त्यसबारे धेरैपटक साेचेर मात्र अगाडि बढ्नुहाेस् । बारबरासँग पैसा थिएन, त्यसैले उनले पतिसँग २५० डलर सापटी लिइन् र साथीसँग मिलेर हातेब्याग बनाउन सुरु गरिन् । हाल उनकाे ह्यान्डब्याग कंपनीकाे अाम्दानी ५५ कराेड डलर भएकाे छ ।
यसरी फुर्याे अाइडिया
बारबरा भन्छिन्, उनी कहिल्यै पनि बिजनेसमा जान चाहेकी थिइनन् । उनका पिता एक बजार प्रतिनिधि थिए भने अामा वेरा ब्राडली एक माेडल । बारबराले कलेज छाेडेपछि विवाह भयाे र ५ वर्षकाे अवधिमा ४ सन्तान पनि भए । उनकाे पतिकाे पेपर डिस्ट्रिब्युटरशीपकाे व्यवसाय थियाे । त्यसैबेला उनकाे भेट पेट्रिसिया मिलरसँग भयाे । एक दिन उनी अामाबुबालार्इ भेटेर फर्किंदै गर्दा एटलांटा एयरपाेर्टमा एउटा महिलाकाे ह्यान्डब्याग देखिन् जुन रंगीन थिएन । साेही घटनाबाट उनलार्इ महिलाकाे लागि ह्यान्डब्याग र लगेज उत्पादन गर्ने अाइडिया मिल्याे ।
१७ हजार भारु सापटी लिइन्
बारबरासँग कम्पनी सुरु गर्न चाहिने पैसा थिएन, त्यसैले उनले पतिसँग २५० डलर (१७ हजार भारु) सापटी मागिन् । ब्याग बनाउन उनले केही फेब्रिक्स किनिन् । केही दिनपछि उनले सिलाइ गर्ने मान्छेकाे लागि पत्रिकामा विज्ञापन छपाइन् । उनले कम्पनीकाे नाम अाफ्नाे अामाकाे नामबाट वेरा ब्राडली राखिन् ।
साथीले गरिन् १६ लाखकाे सहयाेग
व्यवसाय गर्न पैसाकाे खाँचाे परेपछि उनलार्इ एक साथीले २५०० डलरकाे चेक थमाए जुन लगभग १६ लाख भारु बराबर हुन अाउँछ । पैसा दिनेबेला साथीले भनेकी थिइन्, “यदि तिमी सफल भयाै भने याे पैसा ऋण सम्झनू, सफल भएनाै भने साथीकाे उपहार सम्झनू ।” उनकाे सहयाेग साँच्चिकै काम लाग्याे र लगानीकाे पहिलाे वर्ष नै १० हजार डलरकाे सामान बिक्री भयाे । तेस्राे वर्षकाे अन्त्यसम्म अाइपुग्दा १० लाख डलरकाे टर्नअाेभर हुन पुग्याे । जुन अाम्दानीकाे रफ्तार बढेर अाज ५५ कराेड डलर पुगेकाे छ ।
गैह्र-नाफामूलक संस्थाकाे मद्दत लिइन्
व्यवसाय सुरु गर्दाताका उनलार्इ वस्तुकाे मूल्य कसरी राखिन्छ र कस्ट एनालिसिस कसरी गरिन्छ भन्नेबारे केही थाहा थिएन । तसर्थ उनले एक नन-प्राेफिट संस्थाकाे सहयाेग लिइन् । संस्थाकाे मद्दतले पसलसँग सम्पर्क गरेर ब्याग देखाइन् जसले ब्यागकाे बिक्री पनि बढ्याे । सन् २००७ मा बारबरा र पेट्रिसियाले अाफ्नाे पहिलाे रिटेल स्टल खाेले । उनीहरूकाे ग्राहक ८ देखि ८० वर्षसम्मका मानिसहरू छन् । उनीहरूले बच्चाकाे लागि बेबी ब्याग, विद्यार्थीका लागि झाेला र सामग्रीहरू बनाए ।
१७५५ कराेडकाे कुल अाय
फाेर्ब्स पत्रिकाकाे अनुसार बारबरा अमेरिकी सेल्फ-मेड वुमनकाे ५४ अाैं स्थानमा छिन् भने उनकाे नेटवर्थ २७ कराेड डलर (१७५५ कराेड भारु)
छ ।
– एजेन्सीबाट