October 19, 2017

अमेरिकाले अफगानिस्तानमा ३ हजार सेना पठाउन सक्ने

काठमाण्डौ, २६ वैशाख । अमेरिकी सैन्य अधिकारी र राज्य विभागले अफगानिस्तानमा तालिवान विरुद्ध लड्नका लागि कम्तिमा ३ हजार सैनिक पठाउन लागेको अमेरिकी मिडियाहरुले बताएका छन् ।

अब ती सैनिकहरुले तालिबानीसँग लड्नका लागि हवाई हमलासम्मका अधिकार पनि पाएका छन् । यद्दपि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यस विषयमा सहमति नजनाएको एक अधिकारीले बताए ।

सन् २०१४ मा आधिकारिक रुपमा अमेरिकाले तालिवानीसँगको युद्ध अन्त्य भएको घोषणा गरे पनि अफगानिस्तानी सेनाको सहयोगका लागि विशेष सेनाहरु पठाउने गरेको छ ।

अहिले अफगानिस्तानमा १३ हजार नेटो सैनिकहरु छन् । तीमध्ये ८ हजार ४ सय अमेरिकी सैनिकहरु छन् ।