मन्त्रिपरिषद्ले बाेलायाे आकस्मिक बैठक , प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय हुने

काठमाण्डौ, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाएका छन् ।

आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे छलफल हुने बताइएकाे छ ।

यसअघि बिहीबार भएको सर्वदलीय बैठकमा वाम गठबन्धनले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारलाई नै जिम्मेवारी दिएकाे थियो । सर्वदलीय बैठकको उक्त अनुमतिपछि प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बाेलाएका हुन्।