July 21, 2017

उद्योगमन्त्री जाेशी भन्छन्– सरकार स्वदेशमा नै रोजगारी सिर्जना गर्न प्रतिबद्ध

काठमाण्डौ, २६ वैशाख । उद्योगमन्त्री नविन्द्रराज जोशीले बन्द भएका उद्योग कलकारखानालाई सञ्चालन गरेर नेपालमा नै रोजगारी सिर्जना गर्न सकिने बताएका छन् ।

काठमाण्डौ कलेज अफ मेनेजमेन्टले मंगलबार आयोजना गरेको कार्यक्रममा उद्योगमन्त्री जोशीले सरकार बन्द कारखाना खुलाउनका लागि तयार रहेको समेत बताए । उनले बन्द भएका सरकारी कलकारखानाका साथै निजी कलकारखानालाई सञ्चालका लागि उद्योगमैत्री नीति आइसकेको पनि बताए ।

मन्त्री जोशीले नेपालमा सम्भावना भएका खानीहरुलाई उत्खननका लागि काम गरिरहेको भन्दै यसले मुलुकलाई विकासको बाटोमा लाने धारणा पनि व्यक्त गरे । उनले उद्योग नभई कुनै पनि व्यापार व्यवसाय सफल नहुने भन्दै औद्योगिक क्षेत्रको विषयमा सरकार निरन्तर लाग्नेमा जोड दिए ।