Breaking News

प्रधानमन्त्री र पार्टी अध्यक्ष भन्दा राष्ट्रिय एकतामा ध्यान छ : प्रचण्ड

चितवन,२० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र केपी ओलीले अध्यक्ष र प्रधानमन्त्रीमा भन्दा राष्ट्रिय एकतामा ध्यान दिएको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टरले बिहीबार चितवनमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले सुशासन र देशको समृद्धिमा अाफूहरुकाे जाेड रहेकाे बताएका हुन् । पदको बिषयमा विवाद छ नि भन्ने पत्रकारको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले पदको विषय विवादको रुपमा नआएको र पार्टी एकता समायोजन समितिले दुई पार्टीका अध्यक्षका दुई वटा नेता भनेर पहिले नै स्पष्ट पारेको बताए ।

दुईवटै नेतालाई समुचित भूमिका दिने कुरामा कुनै विमती र विवाद नभएकाे दावी गर्दै दाहालले वाम गठबन्धनको एकताको विषयमा कोही कसैले पत्रपत्रिका र मिडियामा बोल्न जरुरी नरेहेको उल्लेख गरे । त्यस्तै उनले प्रदेश राजधानी र प्रदेश प्रमुख सरकारले तोक्ने गरी पाँच पार्टीको बैठकले सहमति दिएको स्पष्ट  पारे ।

shares