August 17, 2017

मतगणना जेठ १ मा नै हुने

काठमाडौं , २६ बैशाख । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ ।

मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ।

दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ । यो खबर नयाँ पत्रिकामा छ ।