Breaking News

माेटाेपन घटाउने यस्ता छन् ६ खानेकुरा

माेटाेपना अाजभाेलि एक जटिल समस्या बन्दै गइरहेकाे छ । मानिसकाे ताैल विभिन्न कारणले बढ्ने गर्दछ जसमा मुख्यतया खाना एवं जीवनशैली, धुम्रपान, थायराइड, मधुमेह जस्ता राेग, अानुवंशिक गुण तथा मेटाबाेलिज्म जस्ता कारक तत्वहरू पर्दछन् ।

व्यायाम गरेर मात्र ताैल घटाउन सकिंदैन । यसका लागि उपयुक्त अाहार याेजना पनि बनाउन जरूरी हुन्छ । कतिपय यस्ता खाद्यपदार्थहरू हुन्छन् जसलार्इ हाम्राे खानामा सामेल गर्दा माेटाेपन कम गर्न प्रभावकारी हुन्छ । यी खानेकुराहरूकाे सेवनले छिटाेछिटाे भाेक लाग्न कम हुने हुनाले बारम्बार खानेकुरा खाइरहनु नपर्ने हुन्छ र अनावश्यक ताैल वृद्धि हुनबाट राेक्दछ ।

पनिर – पनिर प्राेटिनकाे राम्राे स्राेत हाे जसले लामाे समयसम्म भाेक लाग्न दिंदैन । प्रति १०० ग्राम पनिरमा ३३८ क्यालाेरी शक्ति पाइन्छ ।

अण्डा – हाम्राे शरीरलार्इ अावश्यक पर्ने लगभग सबैखाले भिटामिनहरू अण्डामा पाइन्छ । नास्ताकाे समयमा अण्डाकाे सेवनले लामाे समयकाे लागि भाेक मर्दछ, जसकारण तपाइँ चाहिनेभन्दा धेरै क्यालाेरी सेवनबाट बच्न सक्नुहुन्छ ।

मुंगकाे दाल – यसमा क्याल्सियम, पाेटासियम, अाइरन र भिटामिन भरपूर मात्रामा पाइन्छ । यसले प्रतिरक्षा प्रणालीलार्इ बलियाे बनाउँछ । वजन घटाउन चाहने जाेसुकैले मुंगकाे सेवन गर्नुपर्दछ । एक कचाैरा उमारिएकाे मुंगलार्इ सलादमा मिसाएर खाँदा स्वास्थ्य चुस्तदुरुस्त राख्न सकिन्छ । एक कप अंकुरित मुंगमा २६ क्यालाेरी शक्ति हुन्छ ।

सुन्तला– भिटामिन सी र फाइबर प्रचुर मात्रामा पाइने कारण सुन्तला खाँदा वा यसकाे जुस पिउँदा ताैल बढ्दैन ।

बेसार – नेपाल र भारतमा बेसारकाे प्रयाेगबिना खानाकुरा अधुराे हुन्छ भन्दा फरक पर्दैन । यसमा पाइने ‘कर्क्यूमिन’ नामक तत्वले शरीरकाे तन्तुबाट बाेसाे घटाउँछ र वजन कम हुन्छ । एक चम्चा बेसारमा ८ क्यालाेरी शक्ति हुन्छ ।

बदाम – बदाममा प्राेटिन, फाेलिक एसिड, भिटामिन र्इ, फाइबर अादि पाेषक तत्व हुन्छ जसले रगतमा सुगर वा चिनीकाे मात्रालार्इ सन्तुलित बनाइराख्न मद्दत गर्छ । एक दाना बदाममा सात क्यालाेरी हुन्छ ।

 

 

 

shares